CLI

रवि लामिछाने र ज्ञानेन्द्र शाहीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीबीच भेटवार्ता भएको छ। लामिछाने निवास पुगेर शाहीले आज भेट गरेका हुन्। रास्वपा सभापति लामिछाने र राप्रपा संसदीय दलका नेता शाही बीच करिब एक घण्टा लामो भेटघाटले नेपाली राजनीतिक वृत्तमा नयाँ तरंग सिर्जना गरेको छ।

भेटमा मुख्यतः प्रतिनिधि सभाको उपसभामुख पदका लागि सम्भावित सहकार्य, संसदभित्रको रणनीति तथा आगामी राजनीतिक दिशा विषयमा गहन छलफल भएको बताइएको छ। रास्वपाले सभामुख पदमा डीपी अर्याल लाई अघि बढाएर निर्वाचित गरिसकेको अवस्थामा अब उपसभामुख पदमा कसरी अगाडि बढ्ने भन्ने विषय केन्द्रमा रहेको स्रोतको भनाइ छ।

संविधानअनुसार सभामुख र उपसभामुख फरक दलबाट हुनुपर्ने प्रावधानका कारण रासपा प्रतिपक्षसँग सहकार्य गर्न बाध्य देखिएको छ। यही सन्दर्भमा राप्रपासँगको संवादलाई रणनीतिक महत्वका साथ हेरिएको छ।

Leave Your Comment

Related News