काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य बिहीबारदेखि नै २ लाख ९४ हजार रुपैयाँ कायम छ ।
त्यस्तै, चाँदी प्रतितोला ४ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि चाँदीको कारोबार प्रतितोला ४ हजार ८३० रुपैयाँमा भएको थियो ।


