काठमाडौं । बैंकिङ प्ररणालिमा आधिक तरलता भए पाछि नेपाल राष्ट्र बैंकले आइतबार ४० अर्ब निक्षेप संकलन गर्न लागिएको छ । राष्ट्र बैंकले ५६ दिनको लागि निक्षेप संकलन बोलकबोल उपकरणमार्फात उकत नेक्षेप संकलन गर्न लागिएको हो ।
राष्ट्र बैंक अनुसार आइतबार मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङि सिष्टम मार्फत बोलकबोल हुनेछ । निक्षेप संकलनको लागि घटिमा १० करोड रुपैयाँ र बढिमा ५ करोड रुपैयाँले भाघ गर्दा निशेष भाग जाने गरि कुल आव्हान रकम गर्न पाउने ब्यवस्था गरिएको छ ।
निक्षेप संकलनको उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र “क”,”ख”र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुने पाउने छन् ।
निक्षेप संकलनको लागि गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजसरलाई पहिलो प्रथामिक क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिने छ । समान ब्यजदर उल्लेख भएको बोल रकम समावेश गर्दा कुल निष्काशित रकमभन्दा बढी भएमा‘ प्रो रेट बेसिस’ मा बाँडफाँड गरिनेछ ।
निक्षेप संकलन उपकरणको भुक्तानी मितिका दिन निर्धारित ब्याज सहित संकलित निक्षेप रकम सम्बन्धित बैंकस्थित खातामा जम्मा गरिनेछ। संकलित निक्षेपको सावा ब्याज भुक्तानि जेठ १७ गतेलाई तोकिएको छ।


