काठमाडौं ।संघीय प्रतिनिधिसभाको नव निर्वाचित सभामुख डोल प्रसाद अर्ताल(डि.पी) ले आज राष्ट्रपति रामचन्द्र पौडेसँग पद तथा गोपनीयताको शपथ लिएका छन् । आज बिहान बसेको प्रतिनिधिसभाको बैठकमा उनी पाँच बर्षको लागि सर्व सम्मत सभामुखमा निर्बाचित भएका थिए । उनलाई राष्ट्रपति कार्यलयमा आयोजित एक समारोहमा राष्ट्रपतिले सपथ गराएका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति र काठमाडौ ९ बाट निर्बाचित सांसद हुन । सभामुखमा निर्बाचित भएपश्चात उनले पार्टीको पदीय जीम्मेवारीबाट राजीनामा दिने छन् । भोलि २०८२ चैत २३ मा बस्ने संघीय प्रतिनिधिसभाको बैठकको अध्यक्षता उनले गर्ने छन् ।
उनको शपथ समारोहमा प्रधानमनत्री बालेन्द्र शाह,कामु प्रधानन्यायधिश सपना प्रधान मल्ल, राष्ट्रिय सभाका अध्यक्ष नारायण परसाद दाहाल लगायतका उच्च पदस्थहरुको सहभागिता रहेको थियो
सभामुखले लिए पद तथा गोपनीयताको शपथ


