मातृभूमिको अध्यक्षमा लोकराज शर्मा सहित सञ्चालक समूह चयन

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था मिलेर बनेको मातृभूमि लघुवित्त वित्तीय संस्थाले सञ्चालक समितिको चयन तथा प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ ।

संस्थाको १४० औं बैठकले सर्वसम्मतिबाट अध्यक्षमा लोकराज शर्मा र सञ्चालकहरुमा क्रमशः शम्भु प्रसाद घिमिरे, खडानन्द सापकोटा, भरत बहादुर हमाल, अर्जुन श्रेष्ठ, शुषमा गौत र विमला योगीलाई चयन गरेको हो । बिहीबार छनौट गरिएको सञ्चालक समितिले बिहीबार नै पदभार ग्रहण गरेको कम्पनी सचिव खजल खड्काले जानकारी दिए ।

संस्थाको कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी भने अशोक कुमार आचार्यलाई दिएको छ । भने संस्थाको नायब प्रमुख कार्यकारी अधिकृत सजल खड्कालाई कम्पनी सचिवको थप जिम्मेवारी प्रदान गरिएको छ ।

शुक्रबार बसेको बोर्डको १४१ औं बैठकले उनीहरुको जिम्मेवारी प्रदान गरिएको सचिव खड्काको भनाई छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार