काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य २ हजार ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महांसघका अनुसर सुन प्रतितोला २ लाख ९१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोल २ लाख ९४ हजार रुपैयाँ थियो ।
यस दिन चाँदी पनि ५० रुपैयाँले घटेको छ । बजारमा चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ८३० रुपैयाँ थियो।


