काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ तीव्र चुनावी अभियान अघि बढेको छ । आसन्न निर्वाचनका लागि वर्तमान अध्यक्ष चन्द्र ढकाल र यो समुहबाट वरिष्ठ उपाध्यक्षमा प्रस्तावित वर्तमान उपाध्यक्ष हेमराज ढकाल र वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ प्यानल नै बनाएर चुनावी प्रतिष्पर्धा गर्न लागेका हुन् ।
श्रेष्ठ समुहबाट एसोसिएटतर्फ प्रबलजंग पाण्डेको नेतृत्वमा टिम बनेको छ । उनको टिमको कार्यसमिति सदस्यमा सदस्यमा अविज्ञा मल्ल, अम्बिका प्रसाद पौडेल, बाबुकाजी कार्की, डोलराज अधिकारी, दिवस न्यौपाने, हेमन्त गोल्छा, ईश्वर जीसी, जुना माथेमा, कृष्णलाल महर्जन, प्रियराज रेग्मी, राजेश कुमार अग्रवाल, ऋषि अग्रवाल, आरएस भण्डारी, सचिन ढकाल, शक्तिकुमार बेगानी, सुशील थापा, सुयश प्याकुरेल, सुरज उप्रेती र उज्वल श्रेष्ठले उम्मेद्वार बनेका छन् ।
एसोसिएट उपाध्यक्षमा प्रतिष्पर्धा गरेका पाण्डे विगत तीन कार्यकाल देखि महासंघको केन्द्रीय कार्यकारीणि सदस्यमा रहेका छन् । उनी यस भन्दा अघिको कार्यसमितिमा कोषध्याक्षमा प्रतिष्पर्धा गरेका थिए । सो प्रतिष्पर्धामा उनी पराजीत भएकी थिइन् ।
यो समुहबाट उम्मेदवारी दिएकामध्ये अम्बिका, बाबुकाजी, हेमन्त, जुना, राजेश कुमार, ऋषि, शक्ति कुमार, सुशील र उज्वल अहिलेको कार्यसमिति सदस्य रहेका छन् भने अन्य उम्मदेवारले पहिलो पटक निर्वाचन लड्न लागेका हुन् ।
उता पाण्डे समुहसंग प्रतिष्पर्धा गर्न ढकालको समर्थनमा एसोसिएट उपाध्यक्ष ज्योत्सना श्रेष्ठको नेतृत्वमा टिम बनेको छ । उनको टिममा अविनास बोहोरा, अम्बिका शर्मा लामिछाने, बटु लामिछाने, बलराम सापकोटा, भरत रानाभाट, देशबन्दु बस्नेत (अजित), गोपाल खनाल, जमुना पौडेल, जयस श्रेष्ठ, रामराजा श्रेष्ठ, डा. रामशरण थपलिया, राजकुमार तिमलसिना, सोभा ज्ञवाली, सन्दिप अग्रवाल (माखरिया), शैलेन्द्र गुरागाई र सुनिलनारायण श्रेष्ठ, सचिन ढकाल, ई. विनोद ढकाल र चन्द्र ढकाल (काभ्रे) ले उम्मेदवारी दर्ता गराएका छन् ।
यो समुहबाट उम्मेदवारी दिएका उमेद्वार मध्ये गोपाल खनाल, देशबन्धु बस्नेत,शोभा ज्ञवाली, शेलेन्द्र गुरागाई डा. रामशरण थपलिय बर्तमान कार्यसमितिमा कार्यरत रहेका छन् ।
ज्योत्सना वर्तमान कार्यसमिति एसोसिएटतर्फको उपाध्यक्षको रुपमा कर्यरत रहेकी छन् । यो पटका एसोसिएट उम्मेदवारमा दुवै समुहमा सचिन ढकाल दोहोरोएका छन् । महासंघको निर्वाचनमा मतदाताले अनिवार्य रुपामा १९ भोट दिनु पर्ने छ कसैले १९ जना उम्मेदवारले भोट नदिएमा मत रद्द हुनेछ ।
हालका वरिष्ठ उपाध्यक्ष अव स्वतः अध्यक्ष बन्ने अञ्जन श्रेष्ठले प्यानल नै बनाएर आफुले नेतृत्व गर्ने भएपछि आफु अनुकुल टिम चाहिन्छ भने पछि ढकाल समुहले पनि वाध्य भएर आफूले टिम बनाउनु परेको बताए ।


