CLI

२.६१ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

काठमाडौं । मंगलबार नेप्से परिसूचक २.६१ अंकले घटेको छ । बजार २७५७.४० विन्दुमा पुगेर बन्द भएको छ । ३४५ वटा कम्पनीको ८१ हजार ५८२ पटक्को कारोबारमा १ करोड ७४ लाख ६ हजार ६१६ कित्ता सेयर कारोबार भएको छ । कारोबार रकम भने ६ अर्ब ७३ करोड ७१ लाख रुपैयाँ पुगेको छ । सोमबारको तुकनामा ४ अर्ब १९ करोड १४ लाख रुपैयाँले कम हो । सोमबार कारोबार रकम १० अर्ब ९२ करोड ८५ लाख थियो ।

सेन्सेटिभ इण्डेक्स ०.७८ अकं घटेको छ भने फ्लोट इण्डेक्स ०.२७ अंकले घटेको छ र सेन्सेटिभ फ्लोट डण्डेक्स ०.३२ अंक घटेको छ ।

यस दिन, ९ वटा उप समूह घटेका छन् भने ४ वटा उप समूह बढेका छन् । प्रतिशतले,विकास बैंक ०.६२, वित्त ०.४१, लगानी ०.४६, जीवन बीमा ०.४५, उत्पादन र प्रशोधन ०.०५, लघुवित्त ०.१९, म्युअुचल फण्ड ०.५५ निर्जीवन बीमा ०.३३ र व्यापार समूह १.८८ प्रतिशतले घटेका छन् । बैंकिङ ०.०४ प्रतिशत होटल्स तथा पर्यटन समूह १.०८ , जलविद्युत ०.१५ र अन्य समूह ०.७१ प्रतिशतले बढेका छन् ।

यस दिन ६ वटा सेयरको मूल्य १० प्रतिशतले बढेको छ । यस दिन भुजुङ्ग हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र होटल फरेष्ट इनको सेयर १० प्रतिशतले बढेका छन् । त्यस्तै, यस दिन त्रिशुली जलविद्युत कम्पनीको सेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर  पहिलो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २४ करोड २२ लाख ६१ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ। त्यस्तै, यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सको कारोबार रकम २४ करोड रुपैयाँ नाघेको छ भने आँखु खोला जलविद्युत कम्पनीको साढे २३ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।

Leave Your Comment

Related News