CLI

अभौतिक मुद्रा तथा हुण्डीको कारोबारमा संलग्न ४ जना पक्राउ

काठमाडौं । अभौतिक मुद्रा तथा हुण्डीको कारोबारमा संलग्न रहेको अभियोगमा ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका-४ झम्सिखेल बस्ने चितवन घर भएका ३२ वर्षीय सवन अधिकारी, काठमाडौं तारकेश्वर नगरपालिका-४ लोलाङ बस्ने २५ वर्षीय आशिष अधिकारी, काठमाडौं महानगरपालिका-२६ ठमेल बस्ने ३२ वर्षीय रबिन जि.आर र ललितपुर महालक्ष्मी नगरपालिका-४ ईमाडोल बस्ने ३७ वर्षीय अनित्य शाक्य रहेका छन् ।

काठमाडौं नयाँ बानेश्वर एरियामा हुण्डी तथा अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) समेतको प्रयोग गरी गैरकानूनी तवरले वित्तिय कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३० लाख रूपैयाँ र USDT कारोबार गर्ने विद्युतीय उपकरण सहित पक्राउ गरेको हो ।

उनीहरूलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५क बमोजिम हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसुर तथा दफा १६२(क) बमोजिम अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं पठाइएको छ ।

Leave Your Comment

Related News