CLI

४५.१२ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

काठमाडौं । बुधबार नेप्से परिसूचक ४५.१२ अंकले बढेको छ । बजार २८०२.५२ विन्दुमा पुगेर बन्द भएको  छ । ३४६ वटा कम्पनीको ९८ हजार १५२ पटक्को कारोबारमा १ करोड ८८ लाख १६ हजार ८०८ कित्ता सेयर कारोबार भएको छ । कारोबार रकम भने ८ अर्ब ३१ करोड ८९ लाख रुपैयाँ पुगेको छ । मंगलबार को तुलनामा कारोबार रकम १ अर्ब ५८ करोड १९ लाख रुपैयाँले बढी हो । मंगलबार कारोबार रकम ६ अर्ब ७३ करोड ७१ लाख रुपैयाँ थियो ।

यस दिन, सेन्सेटिभ इण्डेक्स ५.७५ अकं बढेको छ भने फ्लोट इण्डेक्स २.८९ अंकले बढेको छ र सेन्सेटिभ फ्लोट डण्डेक्स २.१० अंक बढेको छ ।

यस दिन सबै उप समूह बढेका छन् । बैंकिङ १.१५ प्रतिशतले,विकास बैंक १.९८, वित्त १.४५, होटल्स तथा पर्यटन समूह २.५६, जलविद्युत २.६१, लगानी १.३५, जीवन बीमा १.३१, उत्पादन र प्रशोधन ३.८७, लघुवित्त १.२८, म्युअुचल फण्ड ०.९९ निर्जीवन बीमा १.०१, अन्य समूह ०.१५ र व्यापार समूह ०.६१ प्रतिशतले बढेका छन्।

यस दिन ७ वटा सेयरको मूल्य १० प्रतिशतले बढेको छ । यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स, श्रीनगर एग्रीटेक इण्डष्ट्रीज, सोलु हाइड्रोपावर, होटल फरेष्ट इन, सुपर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जी र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको सेयर १० प्रतिशतले बढेको छ । त्यस्तै, सान्भि इनर्जीको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने बन्दीपुर केबलकार एण्ड टुरिजमको सेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमको आधारमा पहिलोमा एसवाई प्यानल नेपाल  रहेको छ । सो कम्पनीको  ४६ करोड ८१ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यस्तै, रिलायन्स स्पिनिङ्ग मिल्सको ४२ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ भने शिवम् सिमेन्ट्सको कारोबार रकम ३७ करोड रुपैयाँ नाघेको छ।

Leave Your Comment

Related News