CLI

पाल्पा सिमेन्टको सेयर सूचीकृत, ओपनिङ रेञ्ज कति ?

काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पाल्पा सिमेन्टको सेयर सूचीकृत भएको छ । कम्पनीको ३ करोड ७५ लाख कित्ता सेयर सूचीकुत भएको हो ।

कम्पनीले सर्वसाधारणमा जारी गरेको ७५ लाख कित्ता र संस्थापक समूहको ३ करोड कित्ता सेयर सुचिकृत भएको छ । पहिलो कारोबारको लागि नेप्सेले १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ रेञ्ज प्रदान गरेको हो । नेप्सेले कम्पनीलाई ‘PCIL’ सिम्बोल दिएको छ ।  उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

Leave Your Comment

Related News