१३ वाणिज्य बैंकहरुले घटाए ब्याजदर

काठमाडौं । वाणिज्य बैंकहरुले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गर्ने क्रममा २० वटा वाणिज्य बैंकहरु मध्ये १३ वटा वाणिज्य बैंकहरुले ब्याजदर घटाएका हुन् ।५ बैंकले असार महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। २ बैंकहरुले भने असारको तुलनामा ब्याजदर केही बढाएका छन्।

वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर औषतमा ०.१३ प्रतिशत विन्दु घटाएका हुन्। असार महिनामा ६.८७ प्रतिशतविन्दु रहेको २० वाणिज्य बैंकहरुको औषत ब्याजदर, साउनका लागि घटेर ६.७३ प्रतिशत विन्दुमा झरेको छ।

साउनको लागि बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ७.५३ प्रतिशत दिने भएका छन्। औसत ब्याजदर ६.६४ प्रतिशत छ। साउनको लागि एनएमबी र एनआइसी एशिया दुवै बैंकले अधिकतम ७.५३ प्रतिशत ब्याजदर तोकेका छन्।

त्यस्तै एनएमबी र एनआइसी एशिया बैंकले ७.५३ प्रतिशत ब्याजदर तोकेका छन् । एभरेष्ट बैंकले ब्याजदर बढाउदै ६.३ प्रतिशत तोकेको छ । लक्ष्मी सनराइज बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक,नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल एसबिआई बैंक र नबिल बैंकको ब्याजदर स्थिर छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार