काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी ललितपुर महानगरपालिका-१४ बस्ने बागलुङ घर भएका ३७ वर्षीय खिम बहादुर पुनलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७७ फागुन १९ गतेको फैसलाले उक्त मुद्दामा ६ लाख रूपैयाँ जरिवाना र ३ दिन कैद तथा क्षतिपूर्ति २४ हजार रूपैयाँ ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका-१४ ताल्छिखेल बाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ ।


