सेयर बजारलाई अर्थतन्त्रको ऐना मानेर अघि बढ्छौंः नवनियुक्त अर्थमन्त्री

काठमाडौं । नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सेयर बजारलाई अर्थतन्त्रको ऐनाको रुपमा हेरेर सन्तुलित ढंगले अघि बढ्ने बताएका छन् । उपप्रधानसहित अर्थमन्त्रीमा नियुक्ति भएका पौडेलले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पथ तथा गोपनीयताको सपथग्रहण गरेपछि पदभार सम्हाल्न मन्त्रालय पुगेका पौडेलले यस्तो बताएका हुन् ।

नेकपा एमाले र कांग्रेसको गठबन्धनमा नयाँ सरकार भन्ने अवस्था निर्माण हुँदा सेयर बजार प्रति सकारात्मक दृष्टिकोण राख्ने पौडेल अर्थमन्त्री हुने उच्च सम्भावनासँगै सेयर बजार बढेको थियो ।

अर्थमन्त्री पौडेलले सोमबार कार्यभार सम्हाल्दै वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्विकृत गर्ने पहिलो निर्णय गरेका हुन् ।‌ ब्लेन्डेड फाइनान्स, ग्रिन क्लाइमेट फन्ड लगायत वैकल्पिक वित्तीय स्रोत प्राप्ति र प्रयोगसम्बन्धी कार्यविधिले ती स्रोत लिन सहज हुनेछ।

‘अहिले अर्थतन्त्र तथा सार्वजनिक वित्तमा समस्षहरु छन्, सबैसँग सहकार्य गरेर ती समस्या समाधान गर्नुपर्छ,’ मन्त्री पौडेलले भने, ‘अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सरकार अभिभावकको रुपमा अघि बढ्छ। त्यसैले मैले विकास वित्तका नयाँ विकल्प खोज्नेबारे अध्ययन गर्ने सम्बन्धमा समिति बनाउने पहिलो निर्णयमा हस्ताक्षर गरेको छु ।’

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार