अर्थमन्त्री पौडेलेलाई नपत्ताएको सेयर बजारमा यी हुन् २० वटा उच्च कारोबार हुने कम्पनी

काठमाडौं । अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भए सँगै सेयर बजार घटेको छ । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक १७.१८ अंकले घटेर २२४०.४१ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.०७ अंकले घटेर ३९७.१८ विन्दुमा पुगेर बन्द भएको छ ।

सोमबार सबैभन्दा बढी करोबार हुनेमा अप्पर तामाकोशी, निफ्रा बैंक, जानकी फाइनान्स, ङादी ग्रुप र सीइडीबी हाइड्रोपावर कम्पनी रहे । अप्पर तामाकोशीको ३७ करोड ८ लाख रुपैयाँ , निफ्रा बैंकको २१ करोड १५ लाख रुपैयाँ, जानकी फाइनान्सको १९ करोड १५ लाख रुपैयाा, ङादी ग्रुपको १७ करोड ७८ लाख रुपैयाँ र सीइडीबी हाइड्रोपावर कम्पनीको १६ करोड ६२ लाख रुपैयाँ बराबर करोबार भयो ।

सोमबार ५६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८४ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने २ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । सोमबार ३२२ वटा कम्पनीको २ करोड ५० लाख ७९ हजार ०७९ कित्ता सेयर कारोबार हुदाँ करोबार रकम भने ८ अर्ब ७३ करोड १४ लाख ३६ हजार रुपैयाँ रह्यो । बजार पूँजीकरण रकम भने ३५ खर्ब ५३ अर्ब ६७ करोड ७२ लाख रुपैयाँ रह्यो ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार