काठमाडौं । आइतबार सुनको भाउ प्रतितोला २०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने १५ रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आइतबार २ लाख ९७ हजार १०० रुपैयाँ कायम भएको छ । यस अघि शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ९०० रुपैयाँ थियो । यता, चाँदीको भाउ ४ हजार ९७५ रुपैयाँ रहेको छ । यसको मूल्य शुक्रबार ४ हजार ९६० रुपैयाँ थियो ।
सुनचाँदीको मूल्यमा वृद्धि, कतिले बढ्यो भाउ ?


