तपाई लामो समय देखि निजी क्षेत्रका विभिन्न संगठनमा रही काम गरेको अनुभव बोक्नु भएको छ यस्तो व्यक्तित्वले नेपाल उद्योग वाणिज्य महासंघको आगमी निर्वाचनको लागि जिल्ला नगर उपाध्यक्षको उम्मेदवार बन्नु भएको छ , त्यसैले तपाईको उम्मेदवारी किन र कसरी बुझने ?
लामो समय देखि साना र मझौला उद्योगहरु मर्कामा रहेका छन् ,अर्कोतर्फ जिल्ला नगर उद्योग वाणिज्य संघहरुको लागि टिकाइरहने नीति छैन, चल्न गाह्रो रहेको छ । ती उद्योगहरु चल्न गाह्रो छ, गोजीको लगानीबाट ती उद्योगहरु चलिरहेको छ, यसो हेर्दा सरकारले, कर्मचारीले उद्योग वाणिज्य संघको अध्यक्ष भन्छन् तर जिल्ला नगर उद्योग कसरी टिकाउ भइरहेको छ ? जिल्ला नगर उद्योगहरुलाई टिकाउ नीति उद्योग वाणिज्य महासंघले ल्याउन सकेको छैन त्यसलाई समृद्धि जिल्ला नगर उद्योग वाणिज्य संघ बनाउन सर्वप्रथम मेरो एउटा नीति नियम र त्यसलाई कसरी सहज बनाउने भनेर म नीति लिएर जाँदै छु जुन मेरो जिल्ला नगर उद्योग वाणिज्य समूहतर्फ उम्मेदवारी हो । अर्कोतर्फ म मेला महत्सोव समितिमा रहेको छु , अहिले राजनीतिक दलका भातृ संगठन देखि लिएर विभिन्न क्लबहरुले पनि मेला महत्सोव पनि गरिरहेको छ ।
तर म के भन्छु भने मेला महोत्सव पनि परिवर्तित हुनुपर्छ । विभिन्न राजनीतिक दल र तिनका भातृ संगठनहरुले गर्ने मेला भनेको रमाइलो मेला र सांस्कृतिक मेला हुनपर्छ , त्यसले चाँही सीमित दुई तीन दिन पाँच दिनु हुनुपर्छ । तर स्टल राखेर गर्ने महोत्सव चाँही निजी क्षेत्रले मात्र गर्न पाउने भनेर त्यो परिभाषित भएर स्थानीय सरकार , गृह मन्त्रालय जस्ता निकायहरुबाट सबै ठाँउमा परिपत्र जानुपर्छ । निजी क्षेत्रले गरेको मेला महोत्सवमार्फत् सरकारलाई हामीले कराडौं रुपैयााँ करमार्फत् दिइरहेका छाौं । तर क्लब र राजनीतिक दलका भातृसँगठनले गरेका कार्यक्रमबाट सरकारलाई एक पैसा पनि आएको छैन । त्यसैले योक्षेत्रमा राम्रा कामह भएका छैनन् , जुन मेरो दोस्रो एजेण्डा हो । त्यसैले मेला तथा महोत्सव निजी क्षेत्रले गर्नुपर्छ । मेला तथा महोत्सवलाई सरकारले परिभाषित गर्नुपर्छ । र त्यसको चाँहि नीतिबन्नु पर्छ । र अर्कोचाँहि अहिले साना मझौला व्यवसायले यति दु:ख पाएका छन् ।
यतिखेर साना मझौला व्यवसाय पलायन हुदैछ त्यसलाई रोक्नका लागि खुला समानी छ खुल्ला सीमाना छ जसले गर्दा चोरी निकास र ‘ग्रे मार्केट’बाट सामग्री आइरहेको छ । सरकारलाई राजस्व पनि आएको छैन त्यसलाई रोक्न तथा त्यो पलायनलाई रोक्न राजस्व दर कम हुनुपर्छ । छिमेकी मुलुक भारतमा जति प्रतिशत ‘जीएसटी’ कर दर लागेको छ त्यति प्रतिशत मात्र भन्सार दर लगाउने हो भने सीमानामा पाउने दररेटमा नेपालमा पनि दिन सक्छौं र अहिले जति कर उठेको छ त्यो भन्दा १० गुण बढी कर उठ्न सक्छ । त्यसकारणले करको दर बढाउने होइन दायरा बढाउने हो । अहिले भारतमा प्लाइउड यति धेरै निकासी गरिरहेका छौ । त्यसको कच्चा पदार्थ भनेको रुख तथा काम नलाग्ने उत्तिस लगायतका कमसल रुख हो । तर सरकराले कमसल रुखलाई पनि वन नीतिमा हालेको छ । जसले गर्दा आफनो जग्गामा लगाएको रुख काट्नका लागि छुट पुर्जी ल्याउ, टाँचा लगाउनु पर्ने अवस्था छ , त्यसैले सरकारले सहज नीति ल्याउनु पर्यो हाल भएको झन्झटिलो नीति खारेज गर्नुपयर्ने । त्यस्तोलाई कृषिमा हाल्नु पर्यो ताकि भोलिका दिनमा प्राथमिकतामा जान्छ बाँझो र खाली जग्गाहरुमा कम्तीमा कृषि गर्नुभन्दा पाँच सात वर्षमा हुने रुखहरु रोप्ने छन् जसले गर्दा मानिसले आम्दानी गर्छन् नगद पाउछन् । आजको दिनमा के छ भने झन्झटिलो सरकारको नीतिका कारण प्रक्रियागत झन्झटिलो पनका कारण सरकारलाई दिनुपर्ने राजस्व भन्दा खर्च बढी रहेको छ । भित्री गोजीको खर्च धेरै भइरहेको छ त्यो परिवर्तन गर्न सरकारले नीति परिवर्तन गर्नुपर्यो । हाल भइरहेको दुई तिहाईको सरकारले नीति परिवर्तन गर्नु पर्यो त्यसको लागि पहल गर्ने मेरो ठूलो आवाज हुने छ ।
यो एजेन्डामा महासंघको भूमिका चाँहि कहाँनिर पाउनु हुन्छ ?
महासंघमा त अहिलेसम्म वस्तुगत संघ र एसोसिएट संघबाट नेतृत्व गर्न गइरहेको छ जिल्ला नगरबाट त्यो भन्दा पहिला श्रीकृष्ण जीले गर्नु भएको थियो । उहाँ यातायात क्षेत्रको हुनुहुन्थ्यो उहाँलाई यातायात क्षेत्रको ज्ञान थियो । हामीले भनेको केही कुरा उहाँले उठाउनु भयो । तर जति मैले २०५६ सालमा वित्तामोर्ड उद्योग वाणिज्य महासंघको अध्यक्ष हुँदै २०६८ सालमा झापा जिल्ला उद्योग वाणिज्य महासंघको अध्यक्ष हुँदै यो मेरो तेस्रो कार्यकाल महासंघको जिल्ला, नगर उद्योग वाणिज्य समूह उपाध्यक्ष पदका लागि हो । केन्द्रिय सदस्यको रुपमा मैले यी आवाजहरु उठाए अर्थात् सरकारले सहज नीति लिनुपर्छ भन्ने । केन्द्रिय सदस्यको रुपमा आवाजहरु उठाउदाँ सुनवाई भएन, मैले पदाधिकारी कार्यान्वयनको क्षेत्रमा गए भने यी समस्याहरु पहल गर्न सक्छु भन्ने एउटा म मा आँट र विश्वास रहेको छ । तपाईहरुको साथ पाए भने मैले आगामी दिनमा यो काम गर्ने प्रतिवद्धता व्यक्त गर्छु ।
तपाईले तीन दशक भन्दा बढी उद्योगी व्यवसायीहरुको संघ संगठनमा बिताइसक्नु भएको छ त्यही अनुभवको आधारमा तपाईलाई मत दिने हो ?
ती अनुभवहरुले गर्दा म स्पष्ट वक्ता हुँ , निडर वक्ता हुँ । मैले के छ भने २०५३/५४ सालमा मूल्य अभिवृद्धि कर (भ्याट) लाग्यो त्यस पछाडि नेपाल सरकारले कर प्रणालीमा समस्या निकाल्यो त्यो समयमा साना, मझौला उद्योगी र व्यवसायीहरुले अनजानमा भ्याट बिल लिने तर त्यसलाई ‘प्रणालीमा राख्न जानेन् त्यतिखेरी ती उद्योग व्यवसायीहरुमा उक्त क्षमता भएन । उद्योग तथा व्यवसायीमा दक्षता नहुनुमा हाम्रो परिस्थति मुख्य जिम्मेवार हो । हाम्रो परिस्थति भनेको श्रीमान् विदेशमा हुने श्रीमतीले बच्चा पनि पाल्ने व्यवसाय पनि हेर्ने अनि भ्याट बिल सरकारले थमाई दियो तर उनीहरुले प्रणालीमा राख्न जानेन् जसले गर्दा अन्जानमा भएको गल्तीबाट आफूले कमाएको पैसाले मात्र नभई दश पुस्ताले कमाएको पैसा तिर्दा समेत ऋण मुक्त हुदैन थियो, जुन आवाज उठाउने पहिलो अध्यक्ष म थिए । मैले भ्याटको समस्याको लागि डेलिगेशन लिएर समेत काठमाडौं आएको थिँए , मैले निडरका साथ भने व्यापारीहरु जुनसकै परिस्थतिबाट हिड्न पनि तयार हुन्छ तर दश पुस्ताले कमाएको सम्पत्तिले ऋण मुक्त हुने व्यवस्था लागु गर्न हुदैन तपाईहरुले एउटा सहज नीति नियम ल्याउन सुझाव दिए । सरकारले भ्याटका लागि सहज नीति नियम ल्याए सँगै साना तथा मझौला व्यवसायलाई लाभ मिलेको थियो । त्यसरी मैले निडर र निस्वार्थ मैले आवाज उठाएको कारण मलाई लाग्छ कि साथीहरुले मलाई मत दिएर जिल्ला, नगर उद्योग वाणिज्य समूहको उपाध्यक्षमा पुराउनु हुन्छ ।
महासंघका अध्यक्ष तथा वरिष्ठ उपाध्यक्षले निश्चित समूहलाई खुलेर समर्थन गरेको अवस्थामा यसमा तपाईको धारणा के रहेको छ ?
अहिले जो पक्ष विपक्षमा लागे पनि चैत ३० गते पछि हामी सबै एक हौं । किनभने अब आउने अध्यक्ष भनेको हाम्रो आदरणीय अन्जन श्रेष्ठज्यु हुनुहुन्छ । अबको समूह भनेको उहाँ श्रेष्ठ कै हुनेछ , उहाँ कै नेतृत्वमा हामी अघि बढ्ने छौं । अन्जन श्रेष्ठलाई नै साथ सहयोग दिएर हामीले अघि बढाउने छौं । र सम्पूर्ण पूर्व मेची देखि लिएर पश्चिम महाकालीसम्मका व्यवसायीको नेता भनेको अन्जन श्रेष्ठज्यु नै हो । निर्वाचनमा पक्ष र विपक्ष हुने गर्छ जुन स्वभाविक हो । ३० चैत मतदान गरे पछि भने हामी सबै एक हौं ।
उम्मेदवार बन्नुको कारण, महासंघका उच्च तहले समर्थन गरेका समूह लगायतको विषयमा धारणा व्यक्त गरे सके पछि अबको अवस्थामा तपाईलाई मत दिने कारणहरु चाँहि के के छन् ?
मैले साना र मझौला उद्योग तथा उद्योगीहरुको समस्या बुझेको छु । मैले साना र मझौला उद्योगीहरुलाई समृद्ध गर्ने नीति लिएको छ, जसलाई घोषणापत्रमा राखेको छु । सँग सँगै पहाडी जिल्लाहरुमा जिल्ला नगर उद्योग वाणिज्य संघ क, ख र ग श्रेणी छ । क श्रेणीको करिब महासंघ हारहारीमा छ उहाँहरु सम्पन्न हुनुहुन्छ । तर ख र ग श्रेणीका तिनीहरुलाई कसरी समृद्धि बनाउन योजना सहित आएको हुँ त्यसैले उहाँहरु सबैले मलाई अत्याधिक मत दिनुहुन्छ भनेर म निर्वाचनमा होमिएको हुँ । उहाँहरुले विजयी बनाउनु हुन्छ भन्ने विश्वासले म उपाध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ ।
निर्वाचन अघि एउटा प्रतिवद्धता पछि अर्को प्रतिवद्धता हुने गरेको आरोप लाग्ने गछै यस्तोमा तपाईको हकमा के हुन्छ ?
आज सम्मको दिनमा मेरो जीवनमा त्यस्तो भएको छैन । म जे बोल्छु त्यही गर्छु म निडरका साथ काम गर्छु । नहुने कुरा गर्दिन हुने कुरा मात्र गर्छु र सबै कुरा गर्न सक्ने अवस्था रहेको छ । हाल दुई तिहाईको सरकार रहेको छ । मलाई विश्वास छ सरकारले हाम्रो कुरा पनि सुन्ने छ । सरकारले पनि चाहेको छ कि जनताले सहज तरिकाले व्यवसाय सञ्चालन गर्ने वातावरण बनोस् । व्यसायीहरु पनि पलायन हुने अवस्था नआहोस् । सरकारलाई पनि राजस्व वृद्धि होस् । सरकार र उद्योगी एवम व्यवसायी मिलेर मुलुकलाई समृद्ध बनाउने बाटोमा लाग्ने छौं ।
महासंघले उद्योगी तथा व्यवसायको धारण सरकारलाई बुझाउ सकेको छैन , यसमा तपाईको धारणा के छ ?
महासंघले उद्योगी तथा व्यवासयीहरुको धारणा सरकारलाई बुझाएका छौं । चन्द्र ढकाल अध्यक्ष हुँदा जति पनि काम भएका छन् । सुरुमा उहाँले जति पनि काम गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ती सम्पूर्ण पुरा गर्नु भएको छ । आज निजी क्षेत्रमा अख्तियार प्रवेशलाई रोक्ने कुरा देखि लिएर निजी क्षेत्रको मागहरु अध्यक्ष ढकालले पुरा गर्नु भएको छ । उहाँको कामलाई स्वर्णिम अक्षरमा लेख्नुपर्छ । अहिले जति पनि काम अध्यक्ष ढकालले गर्नु भएको छ त्यो भन्दा राम्रो काम अब आउने अध्यक्ष अन्जन श्रेष्ठज्युले गर्नु हुनेछ भन्ने आशा लिएका छौं ।
तपाईलाई निर्वाचनमा जीतको शुभकामना दिदै अब अन्त्यमा तपाईलाई निर्वाचनमा कसरी विजयी हुन्छ जस्तो लागेको छ ?
मेरो व्यवसाय परिवारको जिम्मा लगाएर म पूर्ण समय निजी क्षेत्रको लागि लाग्ने छु भनेर अठोट गरेको छु । मेरो चौबिस घण्टा निजी क्षेत्रलाई दिने छु , मेरो फोन सदैव उठ्ने छ , निजी क्षेत्रको समस्याको लागि सधै भरि पहल गर्ने छु त्यसकारण मैले चुनाव जित्ने छु भन्ने पूर्ण विश्वास रहेको छ ।
सम्पादकीय नोट : यो अन्र्तवार्ता उच्च अदालत पाटनको अन्तरिम आदेश आउनु भन्दा अघि तयार गरिएको हो ।


