काठमाडौं । आईपिएल २०२६ को १९ औं खेलमा गुजरात टाइटन्सका कप्तान शुभमन गिलले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन्।
लखनऊको एकना क्रिकेट स्टेडियममा भइरहेको यस खेलमा गुजरातले फिल्डिङ रोजेपछि ऋषभ पन्तको कप्तानीमा रहेको लखनऊ सुपर जायन्ट्सले पहिले ब्याटिङ गर्दै विपक्षी टोलीलाई लक्ष्य प्रस्तुत गर्नेछ।


