काठमाडौं । जीवन विकास लघुवित्त, युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्त एक आपसमा मर्ज हुने भएका छन् । तीन संस्थाबीच शनिबार मर्जर सम्झौतामा हस्ताक्षर भएको हो । यस अघि चैत्र १४ गते जीवन विकास लघुवित्त र युनिक नेपाल लघुवित्तबीच मर्जर सम्झौता भएको थियो । अब सोहि मर्जरमा मानुषी लघुवित्त पनि मर्ज हुने गरि त्रिपक्षिय सम्झौता भएको हो ।
जीवन विकास लघुवित्तको केन्द्रीय मोरङ्गको कटहरीमा रहेको छ भने युनिक नेपाल लघुवित्तको केन्द्रीय कार्यालय बाँकेको कोहलपुरमा रहेको छ। त्यस्तै मानुषी लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकमा रहेको छ ।


