११ महिनामा नेपाल भित्रियो ४१ अर्बको औषधी, यी हुन् नेपालमा आयात हुने शीर्ष ५ वस्तु

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ११ महिनामा नेपालमा आयात हुने वस्तु थोरैले घटेको छ। चालु आवको जेठ मसान्तसम्म १४ खर्ब ५३ अर्ब ७० करोड ४२ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको नेपाल राष्ट्र बैंकको तथ्यांकमा देखिन्छ छ।

राष्ट्र बैंकको तथ्यांकका आधारमा गत आवको सोही अवधिको तुलनामा नेपालमा आयात हुने वस्तु १.८ प्रतिशतले घटेको छ। गत आवको जेठ मसान्तसम्म १४ खर्ब ८० अर्ब ९८ करोड ११ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो।

रकमका आधारमा नेपालमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात हुने गरेको छ। चालु आवको जेठ मसान्तसम्म २ खर्ब ७३ अर्ब ६२ करोड ६६ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। यो नेपालमा आयात हुने कुल वस्तुको १८.८ प्रतिशत हिस्सा हो।

गत आर्थिक वर्ष २०७९/८० को जेठको तुलनामा चालु आवको सोही अवधिमा पेट्रोलियम पदार्थको आयात थोरैले घटेको देखिन्छ। गत आवको जेठ मसान्तमा २ खर्ब ८२ अर्ब ८ करोड २५ लाख रुपैयाँको पेट्रिोलियन पदार्थ आयात भएको थियो। चाल आवमा पेट्रोलियम पदार्थको आयात ८ अर्ब ४५ करोड ५९ लाख रुपैयाँ अर्थात ३ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांकमा देखिन्छ।

आयातको आधारमा दोस्रो स्थानमा सवारी उपकरण, सवारी र सवारीको पार्टस् पुर्जा रहेको छ। चालु आवको जेठ मसान्तसम्म ७२ अर्ब ६ करोड ४९ लाख रुपैयाँ बराबरको सवारी उपकरण, सवारी र सवारीको पार्टस् पुर्जा आयात भएको छ। गत आवको सोही अवधिको तुलनामा सवारी उपकरण, सवारी र सवारीको पार्टस् पुर्जाको आयात २६.७ प्रतिशतले बढेको छ। गत आवको जेठ मसान्तसम्म ५६ अर्ब ८५ करोड ९२ लाख रुपैयाँ बराबरको सवारी उपकरण, सवारी र सवारीको पाटपुर्जा आयात भएको थियो।

तेस्रो बढी रुपैयाँमा आयात हुने वस्तुमा मेसिनरी तथा पाटपुर्जा रहेका छन्। चालु आवको जेठ मसान्तसम्म ६९ अर्ब ९४ करोड २७ लाख रुपैयाँ बराबरको मेसिनरी तथा पाटपुर्जा आयात भएको छ। गत आवको सोही अवधिको तुलनामा मेसिनरी तथा पाटपुर्जाको आयात ४.६ प्रतिशतले बढेको छ। गत आवको जेठ मसान्तसम्म ६६ अर्ब ८७ करोड ११ लाख रुपैयाँ बराबरको मेसिनरी तथा पाटपुर्जा आयात भएको थियो।

नेपालमा सबैभन्दा धेरै आयात हुने वस्तुको सूचीमा चौथो स्थानमा औषधी रहेको छ। चालु आवको जेठ मसान्तसम्म ४० अर्ब ९३ करोड १३ लाख रुपैयाँ बराबरको औषधी आयात भएको छ। गत आवको सोही अवधिको तुलनामा औषधीको आयात ६.९ प्रतिशतले घटेको छ। गत आवको जेठ मसान्तसम्म ४३ अर्ब ९४ कारेड ३८ लाख रुपैयाँ बराबरको औषधी आयात भएको थियो।

आयातको आधारमा पाँचौ स्थानमा स्पन्ज आइरन रहेको छ। चालु आवको जेठ मसान्तसम्म ३५ अर्ब १३ करोड ५ लाख रुपैयाँ बराबरको स्पन्ज आइरन आयात भएको छ। गत आवको सोही अवधिको तुलनामा स्पन्ज आइरनको आयात ११.८ प्रतिशतले घटेको छ। गत आवको जेठ मसान्तसम्म ३९ अर्ब ८१ करोड ८५ लाख रुपैयाँ बराबरको स्पन्ज आइरन आयात भएको थियो।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार