CLI

राष्ट्रिय वाणिज्य बैंकको एकैपटक देशको ६ स्थानमा शाखा विस्तार

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न ६ स्थानमा आईतबार एकैपटक शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ ।

सुनसरी जिल्लाको हरिनगरा नगरपालिका वडा नम्बर २, भुटाहा स्थित शाखा कार्यालय भुटाहा, काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका वडा नम्बर २, लाजिम्पाट स्थित शाखा कार्यालय लाजिम्पाट, काठमाडौंको काठमाडौं महानगरपालिका वडा नम्बर ४, सुकेधारा स्थित शाखा कार्यालय सुकेधारा, कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नम्बर १, हरिचोक स्थित शाखा कार्यालय हरिचोक, रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नम्बर ५, मणिग्राम स्थित शाखा कार्यालय मणिग्राम, बर्दिया जिल्लाको बढैयाताल गाँउपालिका वडा नम्बर ६, मैनापोखर स्थित शाखा कार्यालय मैनापोखर शाखा कार्यालयहरु विस्तार गरी आईतबारबाट कारोबार शुभारम्भ गरेको छ ।

यसपछि बैंकको शाखा कार्यालयहरुको संख्या २९४ पुगेको छ । साथै बैंकले आईतबार नै स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर १० स्थित इसान बहुप्राविधिक शिक्षालयमा ७३ औं एक्स्टेन्सन काउन्टर समेत सञ्चालनमा ल्याएको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २९४ वटा शाखा कार्यालय, ३०८ वटा एटीएम र ७३ वटा एक्स्टेन्सन काउन्टर रहेको छ ।

Leave Your Comment

Related News