आज राति बागमती, गण्डकी  र सुदूर पश्चिम प्रदेशका एक-दुई  स्थानमा भारी  वर्षा हुन सक्ने

काठमाडौं । मौसमपुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।  मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको छ।

देशभर साधारणतया बदली रहि मधेश, बागमती, गण्डकी  प्रदेशका केही र  कोशी प्रदेशको थोरै स्थानरुमा हल्का  देखि मध्यम वर्षा भैरहेको छ महाशाखाले जनाएको छ ।

आज दिउँसोː देशभर आंशिक देखि साधारणतया बदली रहने छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा मधेश, कर्णाली  र  सुदूर पश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशको एक-दुई  स्थानमा  भारी  वर्षाको सम्भावना रहेको छ ।

 देशभर आंशिक देखि साधारणतया बदली रहने छ । बागमती, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाग्मती, गण्डकी  र सुदूर पश्चिम प्रदेशका एक-दुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेको छ।

 

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार