CLI

अमेरिका–इरान वार्ताको पहलका लागि पाकिस्तानी प्रधानमन्त्री कतारमा

दोहा । सयुक्त राज्य अमेरिका र इरानबीचको युद्धविरामको प्रमुख मध्यस्थकर्ता पाकिस्तानका प्रधानमन्त्री बिहीबार कतार आइपुगेका छन् । वासिङ्टन र तेहरानबीच दोस्रो चरणको शान्ति वार्ताको लागि वातावरण बनाउन उनले बुधबार साउदी अरबका उच्च पदस्थ अधिकारीसँग भेटवार्ता गरेका थिए ।

शहबाज सरिफको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “साउदी अरबको भ्रमणपछि उहाँको प्रतिनिधिमण्डल दोहा आइपुगेको छ र उहाँले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीसँग भेट्ने अपेक्षा गरिएको छ।”

क्षेत्रीय र विश्वव्यापी शान्तिका लागि पाकिस्तानले गरिरहेको प्रयासबारे उनीहरुले विचार आदानप्रदान गर्ने उनको कार्यालयले जनाएको छ । पाकिस्तानी प्रधानमन्त्रीले सरिफले मध्यपूर्वको भ्रमणपछि टर्कीए जाने कार्यक्रम तय भएको छ । गत सप्ताहन्तमा इस्लामावादमा अमेरिकी र इरानी प्रतिनिधिमण्डलहरूबीच भएको उच्चस्तरीय वार्ताबाट कुनै सम्झौता हुन सकेको थिएन ।

अप्रिल ७ मा दुई हप्ताको युद्धविराम सुरु भएपछि मध्यपूर्वमा युद्ध स्थायी रूपमा अन्त्य गर्ने सम्बन्धमा पाकिस्तानमा भएको वार्ताले तत्काल कुनै सहमत गर्न विफल भएको थियो ।

इरानमाथि अमेरिका र इजरायलको आक्रमणका कारण फेब्रुअरीको अन्त्यतिर सुरु भएको युद्धको प्रारम्भमा कतारको ऊर्जा पूर्वाधारमा इरानको आक्रमणका कारण दोहाले तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) उत्पादन रोक्न बाध्य भएको थियो ।

इरानसँग विशाल दक्षिणी पार्स ग्यास क्षेत्रमा साझा सिमा रहेको अमेरिका, अष्ट्रेलिया र रूसको साथ एलएनजीको प्रमुख उत्पादकहरू मध्ये एक हो। कतार पाकिस्तानलगायत एसियाली राष्ट्रहरूको लागि एक प्रमुख आपूर्तिकर्ता हो ।

Leave Your Comment

Related News