उछाल आएको सेयर बजारमा यस्ता छन् सर्वाधिक सेयर मूल्य घटेका २० कम्पनी

काठमाडौं । सत्ता परिवर्तन सँगै साताको तेस्रो दिन मंगलबार सेयर बजार अत्याधिक बढेको छ । मंगलबार नेप्से परिसूचक ७०.१८ अंकले बढेर २३१०.५९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १२.३३ अंकले बढेर ४०९.५१ बिन्दु पुगेर बन्द भएको छ ।

मंगलबार २३४ वटा कम्पनीको सेयर मूल्य बढ्दा ८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । मंगलबार ३१५ वटा कम्पनीको २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता सेयर कारोबार हुदाँ कारोबार रकम भने ९ अर्ब १३ करोड ८६ लाख २९ हजार रुपैयाँ रहेन पुग्यो ।

 

मंगलबार सबैभन्दा बढी गुमाउनेमा नेपाल इन्भेष्टमेन्ट डिबेन्चर, नेपाल इन्भेष्टमेन्ट ग्रोथ फन्ड, लुम्बिनी विकास बैंक डिबेन्चर,आइसीएफसी फाइनान्स लिमिटेड डिबन्चेर र प्राइम डिबेन्चर रहे । उक्त ५ वटा कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ ।
मंगलबार समूह उपसूचकहरु मध्ये १२ वटा समूहको सेयर मूल्य बढ्दा बाँकी १ वटाको सेयर मूल्य घटेको छ ।

 

सबैभन्दा बढी कमाउनेमा सिन्धु विकास बैंक, बरुण हाइड्रोपावर, ग्रीन डेभलपमेन्ट बैंक, आँखु खोला जलद्यिुत कम्पनी र मन्दाकनी हाइड्रोपावर लिमिटेड रहे । उक्त ५ वटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेका छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार