CLI

होटल गरिमाले आईपीओ निष्काशन गर्ने

काठमाडौं । होटल गरिमा लिमिटेडले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित वैशाख २९ गते सुनसरीस्थित कम्पनीको कार्यालयमा बिहान ११ बजे प्रथम वार्षिक साधारणसभा बोलाएको छ।

सो साधारणसभाले होटल गरिमाको शेयरमा सर्वसाधारणको पहुँच आवश्यक भएकोले नेपाल धितोपत्र बोर्डमा निवेदन दिई आवश्यक कानूनी प्रक्रिया पूरा गरी शेयरको प्रारम्भिक निष्काशन (आईपीओ) गर्ने निर्णय सर्वसम्मतिले पारित गर्नेछ।

यसका साथै गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणमाथि छलफल गरी अनुमोदन गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्त पनि गर्नेछ।

Leave Your Comment

Related News