CLI

५.३६ अंकले बढ्यो नेप्से

काठमाडौं । अन्तिम कारोबार दिन  शुक्रबार नेपाल सट्क एकसेन्ज (नेप्से) ५.३६ अंकले बढेको छ । बजार २८३८.४० विन्दुमा पुगेरा बन्दा भएको छ ।३३५ वटा कम्पनीको ९६ हजार ५७३ पटक्को कारोबारमा १ कारोड ८० लाख ६३ हजार ७२८ कित्ता सेयर कारोबार भएको छ । कारोबार रकम भने ७ अर्ब ४६ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

सेन्सेटिभ इण्डेक्स ०.१२ अकं घटेको छ भने फ्लोट इण्डेक्स ०.०१ अंकले घटेको छ र सेन्सेटिभ फ्लोट डण्डेक्स ०.१८ अंक घटेको छ ।

यस दिन ८ सबै उप समूह घटेका छन् भने ५ वटा बढेका छन् । बैंकिङ ०.२७ प्रतिशतले,विकास बैंक ०.३८, वित्त ०.३४, लगानी ०.१६, जीवन बीमा ०.०७, लघुवित्त ०.३३, म्युअुचल फण्ड ०.१३ र निर्जीवन बीमा ०.५३ प्रतिशतले घटेका छन्।  होटल्स तथा पर्यटन समूह १.३८, जलविद्युत ०.६७, उत्पादन र प्रशोधन १.४०, अन्य समूह ०.५६ र व्यापार समूह ०.०३ प्रतिशतले बढेका छन ।

यस दिन ५ स्टकको १० प्रतिशतले बढेको छ ।सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेष्ट इन, पाल्पा सिमेन्ट, शिखर पावर डेभलपमेन्ट र रिज लाइन इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेको हो । नीखोला हाइड्रोपावर कम्पनीको सेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ भने रिलायन्स स्पिनिङ्ग मिल्सको सेयरमूल्य साढे ६ प्रतिशत बढेको छ।

कारोबार रकमका आधारमा यस दिन नेशनल हाइड्रोपावर पहिलो स्थानमा रहेको छ। सो कम्पनीको ६६ करोड ८६ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। त्यस्तै, यस दिन सोलु हाइड्रोपावरको ३७ करोड २६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने रिडी पावर डेभलपमेन्टको कारोबार रकम ३४ करोड रुपैयाँ नाघेको छ।

 

Leave Your Comment

Related News