प्रधान सेनापति र अष्ट्रेलियाका राजदूत बिच भेटघाट

काठमाडौं । नेपाली सेनाको प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि अष्ट्रेलियाका महामहिम राजदूत Felicity Volk बिच जङ्गी अड्डामा मंगलबार शिष्टाचार भेटघाट भएको छ ।

प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देश बिच रहि आएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार