काठमाडौं । यातायात व्यवस्था विभागले विद्यार्थीहरुलाई सवारी भाडामा ४५ प्रतिशत छुट सुविधा उपलब्ध गराउन निर्देशन दिएको छ । विभागले विद्यार्थीहरुलाई सवारी भाडामा छुट दिनका लागि सम्वन्धित सबैमा निर्देशन दिएको हो ।
पछिल्लो समय विद्यार्थीहरुलाई सवारी साधानहरुले उक्त छुट नदिएको भन्दै त्यसलाई कार्यान्वयनमा ल्याउन विभागले आग्रह गरेको विभागका निर्देशक गणेशमान सिं राईले बताए ।
विगभागले नेपाल सरकार, भौतिक मन्त्रालयका तत्कालीन मन्त्रीज्यू तथा यातायात व्यवसाय संवद्ध संघ संगठनहरुसमेतको उपस्थितिमा यातायात क्षेत्रसँग सम्बन्धित विभिन्न प्रस्तावहरुमाथि छलफल भई मिति २०६५ चैत २० मा विभिन्न निर्णयहरु भएको व्यहोरा अवगत नै छ । सो बैठकको निर्णय नं. ८ मा विद्यार्थीहरुलाई सवारी भाडामा ४५ प्रतिशत छुट सुविधा उपलब्ध गराउने निर्णय भएको देखिन्छ ।
नेपाल सरकारका विभिन्न प्लेटफर्महरु (हेलो सरकार, गुनासो पेटिका ) लगायतमा छुट सुविधा सार्वजनिक यातायातका सवारी साधनहरुमा सो अनुसारको छुट तथा सहुलियत उपलब्ध नगराइएको भनी पर्याप्त गुनासोहरुसमेत प्राप्त हुन आएकाले सो बमोजिमको विद्यार्थी सहुलियत सुविधा उपलब्ध गराउने कार्य कार्यान्वयन गर्न हुन निर्देशानुसार अनुरोध गरिएको हो ।


