बजारबाट आज राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ झिक्दै

काठमाडौं । बैंक तथा वित्तीय प्रणालीमा पैसा (तरलता) बढी भएपछि आज फेरि राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ झिक्न लागेको छ । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले उक्त रकम झिक्न लागेको हो ।

पछिल्लो समय राष्ट्र बैंकले बजारबाट पैसा झिक्दै आएको छ । सोही क्रममा आज २१ दिनका लागि ५० अर्ब रुपैयाँ झिक्न लागेको हो । आज दिउसो ३ बजेसम्म बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ । घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलनको लागि बोलकबोल निक्षेपवापत् जम्मा गर्न चाहेको रकम र ब्याजदर उल्लेख गर्नुपर्नेछ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार