काठमाडौं । पोर्चुगलकी उपविदेशमन्त्री एना इसाबेल जेभियर नेपालको औपचारिक भ्रमणमा आउने भएकी छन्। परराष्ट्र सचिव अमृत बहादुर राईको निमन्त्रणामा उनी २९ अप्रिल–१ मे २०२६ सम्म नेपालमा रहने परराष्ट्र मन्त्रालयले जनाएको छ।
भ्रमणका क्रममा उपविदेशमन्त्री जेभियरले वैशाख १७ गते परराष्ट्र सचिव अमृत बहादुर राईसँग द्विपक्षीय भेटवार्ता गर्नेछिन्। साथै, उनले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटसमेत गर्ने कार्यक्रम रहेको छ।
भेटवार्ताका क्रममा नेपाल–पोर्चुगल द्विपक्षीय सम्बन्धको वर्तमान अवस्थाबारे समीक्षा गरिनुका साथै आपसी हितका विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने सम्भावनाबारे छलफल हुने बताइएको छ।
उपविदेशमन्त्री जेभियरसँगै नेपालका लागि पोर्चुगलका गैरआवासीय राजदूत जोआओ रिबेइरो दे अल्मेइडा तथा अन्य अधिकारीहरू पनि भ्रमण टोलीमा रहनेछन्।


