RE
Global College

मालपोत सेवाको अनुगमन अब मन्त्रीकै कार्यकक्षबाट

काठमाडौं । भूमि व्यवस्थापनसम्बन्धी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन मन्त्री प्रतिभा रावलले देशभरका मालपोत कार्यालयहरूको अवस्थाबारे आफ्नै कार्यकक्षबाटै डिजिटल माध्यममार्फत नियमित अनुगमन तथा निरीक्षण गर्ने व्यवस्था लागू गरिएको छ।

पछिल्लो समय मालपोत कार्यालयहरूमा सर्भर डाउन हुने लगायतका गुनासाहरू बढ्दै गएपछि सेवा प्रवाह प्रभावित भएको भन्दै तत्काल अवस्थाबारे जानकारी लिन र समस्या छिटो समाधान गर्न यस्तो प्रणाली कार्यान्वयनमा ल्याइएको हो।

यस नयाँ व्यवस्थामार्फत मन्त्रीले प्रत्यक्ष रूपमा सेवा प्रवाहको अवस्था अवलोकन गर्न सक्नेछिन्, जसले सेवा वितरणमा पारदर्शिता, प्रभावकारिता तथा सेवाग्राहीमैत्री वातावरण कायम गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

NECO

Leave Your Comment

Related News