काठमाडौं । यातायात व्यवस्था कार्यालय ठुलोभर्याङ्गले आगामी शुक्रबार, शनिबार र आइतबार (२०८३ वैशाख १८, १९ र २० गते) सार्वजनिक बिदाका दिनहरूमा समेत लाइसेन्स वितरण कार्य सुचारु राख्ने भएको छ।
उक्त तीन दिनमा नियमित तर्फका ४०,२७६ थान र दैनिक तर्फका २०२६ अप्रिल १७ तारिख देखिका लाइसेन्सहरू वितरण गरिने हुनाले कार्यालयद्वारा प्रकाशित सूचीमा आफ्नो नाम यकिन गरेर मात्र उपस्थित हुन अनुरोध गरिएको छ।
साथै, लगातार तीन दिनको बिदापछि वैशाख २१ गते सोमबारका दिन नयाँ दर्ता, वर्ग थप र रिट्रायलका लागि सेवाग्राहीको अत्यधिक चाप हुने सम्भावना रहेकाले अति आवश्यक बाहेक अन्य सेवाग्राहीहरूलाई उक्त दिन दिउँसो २ बजेपछि वा अन्य कुनै दिन मात्र कार्यालय आइदिन कार्यालयले विशेष आग्रह गरेको छ।


