झण्डै १५ करोड पुग्यो आरएसडिसी लघुवित्तको नाफा

काठमाडौं । आरएसडिसी लघुवित्तको नाफा करिब १५ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्ष २०८०÷८१ मा कम्पनीको नाफा १४ करोड ६६ लाख ६८ हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०७९÷८० को तुलनामा ३ करोड ९१ लाख ९५ हजार रुपैयाँले बढी हो । आर्थिक वर्ष २०७९÷८० मा कम्पनीको नाफा १० करोड ७४ लाख ७३ हजार रुपैयाँ रहेको थियो ।

आर्थिक वर्ष २०८०÷८१ मा कम्पनीको कुल सञ्चालन नाफा २० करोड ९४ लाख ८० हजार रुपैयाँ रहेको छ भने आर्थिक वर्ष २०७९÷८० मा उक्त नाफा १५ करोड ५० लाख ३० हजार रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा कम्पनीको कुल सञ्चालन नाफामा वृद्धि भएको छ । आर्थिक वर्ष २०८०÷८१ मा कम्पनीको कुल सञ्चालन आम्दानी २६ करोड ३ लाख ५६ हजार रुपैयाँ रहेको छ भने आर्थिक वर्ष २०७९÷८० मा उक्त आम्दानी ३१ करोड ३८ लाख ९२ हजार रुपैयाँ रहेको थियो ।
आर्थिक वर्ष २०८०÷८१ मा कम्पनीको कुल ब्याज आम्दानी २४ करोड४७ लाख ६९ हजार रुपैयाँ रहेको छ भने आर्थिक वर्ष २०७९÷८० मा उक्त आम्दानी २८ करोड ८६ लाख ९९ हजार रुपैयाँ रहेको थियो ।
त्यस्तै कम्पनीको खराब कर्जा भने बढेको छ । आर्थिक वर्ष २०८०÷८१ मा खराब कर्जा ३.३१ प्रतिशत रहेको छ भने आर्थिक वर्ष २०७९÷८० मा उक्त कर्जा ०.१९ प्र्रतिशत रहेको थियो । प्रतिशेयर आम्दानी १५.५३ प्रतिशत , पीई रेसियो ४४.५६ र प्रति शेयर नेटवर्थ १२४.५० पैसा रहेको छ । कम्पनीको इक्विटी भने १ अर्ब १७ करोड ५७ लाख रुपैयाँ रहेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार