काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महांसघका अनुसार सुन प्रतितोला २ लख ९५ हजार १ सय रुपैयाँमा कारोबर भइरहेको छ । शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार १ सय रुपैयाँ थियो ।
यस दिन चाँदी भने ६५ रुपैयाँले बढेको छ ।चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ९४५ रुपैयाँ थियो ।


