काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय सचिवालय सदस्यको रूपमा सागर ढकालले शपथ ग्रहण गरेका छन् ।
उनलाई आज पार्टी सभापति रवि लामिछानेले रास्वपा केन्द्रीय पार्टी कार्यालय बनस्थलीमा शपथ ग्रहण गराइएको प्रवक्ता मनीष झाले जानकारी दिए ।
फागुन २१ मा सम्पन्न निर्वाचनमा ढकाल गुल्मी १ बाट सांसदमा निर्वाचित भएका थिए । उनले कांग्रेसका चर्चित नेता चन्द्र भण्डारीलाई पराजित गरेका थिए ।
यसअघि २०७९ सालकाे निर्वाचनमा तत्कालीन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएर ढकाल चर्चामा आएका थिए ।


