CLI

घोराही सिमेन्टको नोक्सानी घट्यो, यसकारण आयो सुधार

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १५ करोड ८६ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत वर्षको सोही अवधिमा कम्पनी ५५ करोड ४३ लाख रुपैयाँ घाटामा थियो । सञ्चालन आम्दानी ३ अर्ब ५५ करोड ११ लाख रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षको सोही अवधिको ३ अर्ब ५२ करोड ६५ लाख रुपैयाँ आम्दानी गरेको थियो । यता, वित्तीय खर्च ६८ करोड ८७ लाखबाट घटेर ४९ करोड १८ लाख रुपैयाँ कायम भएको छ । यता, प्रशासनिक खर्च पनि घटेको छ । जसले गर्दा नाफामा सुधार आएको हो ।

५ अर्ब २ करोड ४४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङमा ७९ करोड ३२ लाख छ भने सेयर प्रिमियममा २ अर्ब ६५ करोड रुपैयाँ छ । प्रतिसेयर आम्दानी ३.१६ रुपैयाँ ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ १६८.६९ रुपैयाँ छ ।

Leave Your Comment

Related News