काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको छ। सोमबार विभागले मुख्यमन्त्री बानियाँको घर र कार्यालयहरूमा छापा मारेको हो।
विभागले नक्सालमा रहेको उनको कार्यालय र सुन्धारास्थित कार्यालय तथा हेटौंडा स्थित घर र कार्यालयमा छापा मारेको हो।


