काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले छापा मारेकाेप्रति मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गम्भिर ध्यानाकर्षण भएकाे जनाएका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
घर र कार्यालयमा विभागले छापामारीले आफ्नो व्यक्तिगत एवं सामाजिक चरित्र माथि आघात पुगेको महसुस भएको उनले विज्ञप्ति मार्फत बताएका छन् । उनले राज्यको जुनसुकै निकायले अनुरोध गर्दा आफू भौतिक रूपमै पनि उपस्थित हुने विद्यमान अवस्थामा अकस्मात् गरिएको छापामारी प्रति आपत्ति जनाएका हुन् ।



