काठमाडौं । मंगलबार नेपाल सट्क एकसेञ्ज (नेप्से) ८.७८ अंकले बढेको छ । बजार २७१२.८६ विन्दुमा पुगेरा बन्दा भएको छ । ३३५ वटा कम्पनीको ६२ हाजर २५ पटक्को कारोबार ७७ लाख ३४ हजार कित्ता सेयर कारोबार भएको छ ।
कारोबार रकम भने ३ अर्ब ४३ करोड ६ लाख रुपैयाँ पुगेको छ । सोमबारको तुलनामा कारोबार रकम घटेको छ । सोमबार कारोबार रकम ४ अर्ब २६ करोड ५३ लाख रुपेयाँ थियो ।
सेन्सेटिभ इण्डेक्स १.२६ अकं बढेको छ भने फ्लोट इण्डेक्स ०.६० र सेन्सेटिभ फ्लोट डण्डेक्स ०.४७ अंकले घटेको छ ।
यस दिन ७ वटा उप समूह बढेका छन् भने ६ उप समूह घटेका छन् । बैंकिङ ०.४३ प्रतिशत जलविद्युत १.०२, लगानी ०.१८, जीवन बीमा ०.१०, उत्पादन र प्रशोधन ०.६३, म्युअुचल फण्ड ०.४४ र अन्य समूह ०.०८ प्रतिशतले बढेका छन् । विकास बैंक ०.०४ प्रतिशत,वित्त०.१२, होटल्स तथा पर्यटन समूह ०.०५,लघुवित्त ०.२१, निर्जीवन बीमा ०.१२ र व्यापार समूह ०.२९ प्रतिशत घटेका छन् ।
यस दिन अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको सेयरमूल्य सर्वाधिक ११.१६ प्रतिशत बढेको छ। त्यस्तै, सोलु हाइड्रोपावरको ७.५६ प्रतिशत बढेको छ भने धौलागिरी लघुवित्त वित्तीय संस्थाको ७.०४ प्रतिशत बढेको छ।
कारोबार रकमका आधारमा यस दिन सोलु हाइड्रोपावर पहिलो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २३ करोड ५७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यस्तै, रिलायन्स स्पिनिङ्ग मिल्सको १२ करोड ७८ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ भने नेशनल हाइड्रोपावरको कारोबार रकम ११ करोड ५२ लाख रुपैयाँ नाघेको छ।


