काठमाडौं । राष्टिय स्वतन्त्र पार्टी रास्वपाले सांसदसंग मन्त्रीको छलफल गर्न लागेको छ । सो कार्यक्रम आज ४ बजे संसदीय दलको कार्यलय सिंहदरबारमा अर्थमन्त्री मा. डा स्वर्णिम वाग्लेज्यू र भौतिक पूर्वाधार मन्त्री मा. सुनिल लम्सालको सहभागितामा आर्थिक बर्ष २०८३/०८४ सालको बजेट तर्जुमा अगावै ‘पूर्व बजेट छलफल’ को आयोजना गरिएको प्रबक्ता मनिश झाले जानकारी दिए ।
रास्वपाले बजेट अधिबेशन शुरु हुनु अघि बजेटमा सांसदका एजेण्डा माथि प्रि बजेट छलफल गर्न लागेको हो । सरकारको सिफारिसमा यहि बैसाख २८ गते राष्ट्रपति रामचन्द्र पौडेलले बजेट अधिबेशन बोलाएका छन् ।


