CLI

यस्तो बन्यो नयाँ उद्योग वाणिज्य महासंघ कार्यसमिति

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को अध्यक्ष अन्जन श्रेष्ठ बनेका छन् । यो पटकदेखि समाप्त हुने वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने व्यवस्था अनुरुप श्रेष्ठ महासंघका अध्यक्ष बनेका हुन् । उनी महासंघको ६० औं वार्षिक साधारण सभा तथा निर्वाचन मार्फत् महासंघका अध्यक्ष बन्न पुगेका छन् ।

यसअघि महासंघको नेतृत्व चन्द्रप्रसाद ढकाल गरिरहेका थिए । श्रेष्ठ महासंघको २१ औं अध्यक्ष बनेका हुन् । आगमी तीन वर्षीय कार्यकालमा ६० औं वार्षिक साधारण सभा अर्थात् मंगलबार भएको चुनावमा जित हासिल गर्ने समूहलाई साथमा लिएर अध्यक्ष श्रेष्ठ अघि बढ्नु पर्नेछ ।

महासंघको उपाध्यक्षमा नरेशलाल श्रेष्ठले जित हासिल गरेका छन् । उनले ६३ मत प्राप्त गर्दा प्रतिद्धन्द्धी शिव प्रसाद घिमिरले ६० मत प्राप्त गरेका हुन् ।

जिल्ला, नगर उद्योग वाणिज्य समूहतर्फ दुई जना उपाध्यक्षमा कृष्णा प्रसाद शर्मा र दिल सुन्दर श्रेष्ठ विजयी भएका हुन् । शर्माले ८७ र श्रेष्ठले ८० मत प्राप्त गर्दा उनीहरुका प्रतिद्धन्द्धी उमेश डालमियाले ५७ र कल्पना गैरले ३४ मत प्राप्त गरे ।

एशोसिएट उपाध्यक्षमा प्रवल जंग पाण्डेले जित हासिल गरे । पाण्डेले १०७९ मत प्राप्त गर्दा प्रतिद्धन्द्धी ज्योत्सना श्रेष्ठ सुब्बाले ७५० मत प्राप्त गरेकी हुन् ।

जिल्ला नगर खुल्लातर्फ सदस्य पदमा अर्जुन कुमार श्रेष्ठ, उज्जवल प्रसाद कसजु, केशव प्रसाद भण्डारी, कृष्ण कटुवाल, गोकुल श्रेष्ठ, तारबा बहादुर कार्की, दिपक नेपाल, प्रयास कार्की, मोहन प्रसाद श्रेष्ठ, लक्ष्मण राज पौडेल, शंकर गिरी, सन्तोष खड्का, सुर्दशन कार्की र हरिप्रसाद अर्याले विजयी भएका हुन् ।

जिल्ला नगर महिला सदस्यतर्फ दुई पदमा गिता अमात्य र हिरा भट्टराई विजयी भएका छन् ।
जिल्ला नगर उद्योग वाणिज्य समूह सदस्यमा प्रत्येक प्रदेशबाट दुई जना अन्र्तगत कोशीमा जिवन पराजुली र रमेश विश्वकर्मा , मधेशमा अमर नाथ शाह, विकास कुमार सारडा, बाग्मतीमा प्रकाश मानन्धर र सविन श्रेष्ठ, गण्डकीमा पविन्द्र कुमार श्रेष्ठ र सुविन श्रेष्ठ, लुम्बनीमा यज्ञ प्रसाद भट्टराई र बाल कृष्ण सुवेदी , कर्णालीमा पदम बहादुर शाही र पुरीचन्द्र देवकोटा, सुदुरपश्चिममा पिताम्बर जोशी विजयी भएका हुन् ।
वस्तुगत समूहसदस्यतर्फ निर्वाचित १३ जनाहरु क्रमशः अरनिको राजभण्डारी , नानिजराज घिमिरे , पशुपती देव पाण्डे, विदुर धमला, भक्त बहादुर हमाल , रविन पुरी, राज कुमार कार्की (राजु), लिलेन्द्र प्रसाद प्रधान , संर्घष विष्ट, सागर ढकाल, र होम प्रसाद घिमिरे रहेका छन् ।
वस्तुगत समूह महिलासदस्यतर्फ सुनिता न्हेम्हाफुकी विजयी भएकी छिन् । ५४ मत प्राप्त गर्दा उनकी प्रतिद्धन्द्धी कमल श्रेष्ठले ४८ मत प्राप्त गरेकी छिन् ।

वस्तुगत महासंघ सदस्य दुई पदका लागि  विश्वनाथ खनाल र सुनैना घिमिरे विजयी भएका हुन् ।

एशोसिएट सदस्यतर्फ १७ जना निर्वाचित भएका छन् । जसमा अम्बिका प्रसाद पौडेल, इश्वर बहादुर जि.सी, उज्जवल कुमार श्रेष्ठ, ऋषि अग्रवाल, कृष्णा लाल महर्जन, दिवश न्यौपाने, प्रियराज रेग्मी, बटुल लामिछाने, बाबु काजी कार्की, राजेश कुमार अग्रवजाल, रामशरण भण्डारी, शक्ति कुमार बेगानी, सचिन ढकाल, सुयस प्याकुरेल, सुरज उप्रेती। सुशिल थाप, र हेमन्त गोल्छा रहेका छन् ।
एशोसिएट महिला सदस्यतर्फ अभित्रा मल्ल र जुना माथेमा विजयी भएकी छिन् । १०५९ मत प्राप्त गर्दा उनकी प्रतिद्धन्द्धी जमुना पौडेलले ७३२ मत प्राप्त गरेकी हुन् । माथेमाले ११५६ मत प्राप्त गर्दा प्रतिद्धन्द्धी शोभा ज्ञवालीले ७२१ मत प्राप्त गरिन् ।

द्धिराष्ट्रिय उवासंघ सदस्यमा मनोज पौडेल विजयी भएका छन् । उनले ५ मत प्राप्त गर्दा प्रतिद्धन्द्धी सन्तोष चन्द कुँवरले ३ मत प्राप्त गरे ।
संस्थापक सदस्य समूहतर्फ दुई पदमा गोपल श्रेष्ठ र सुमन कुमार श्रेष्ठ विजयी भएमा छन् । गोपाल श्रेष्ठले १० र सुमनले १० मत प्राप्त गर्दा प्रतिद्धन्द्धी टिकाराज ढकालले ४ मत प्राप्त गरे ।

Leave Your Comment

Related News