CLI

मातृभूमि लघुवित्त वित्तीय संस्थाको सीईओमा बखत बटाल नियुक्त

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बखत बहादुर बटालालाई नियुक्त गरिएको छ ।

संस्थाको बुधबार बसेको सञ्चालक समितिको १८२ औं बैठकले बटालालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

संस्थाका सीईओ लक्ष्मी प्रसाद शर्माले पदबाट राजीनामा दिएपछि रिक्त भएको पदमा नायव प्रमुख कार्यकारी अधिकृत बटालालाई कामु सीईओको जिम्मेवारी दिइएको हो ।

बटालको कार्यकाल ४ वर्ष हुनेछ ।

Leave Your Comment

Related News