काठमाडौं । नेपली बजारमा शुक्रबार सुनको मूल्य १ हजार ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महांसघका अनुसार सुन प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । विहीबार सुन प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदी पनि १२० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ५ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ । विहीबार चाँदी प्रतितोला ५ हजार १५५ रुपैयाँ थियो ।


