CLI

स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ

काठमाडौं । बाँके, नेपालगंज उपमहानगरपालिका-३ एकलैनीबाट स्रोत नखुलेको ६ लाख भारतीय रूपैयाँ सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा नरैनपुर गाउँपालिका-५ बस्ने २९ वर्षीय विरवल कुम्हार र सोही गाउँपालिका-४ बस्ने ३८ वर्षीय मुनिफ खाँ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँके र वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave Your Comment

Related News