काठमाडौं । सरकारले इरानको कब्जामा रहेका अमृत झालाई नेपाल ल्याउने प्रक्रिया जारी राखेको जनाएको छ । परराष्ट्र मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत उनी इरानी सेनाको नियन्त्रणमै रहेको र कानुनी प्रक्रियाहरू सुरु नभएको जानकारी दिएको हो ।
मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले भने, ‘इरानी नियन्त्रणमा रहेका अमृत झाको रिहाइ प्रक्रियामै छ । इरानको पछिल्लो विषम परिस्थितका कारण कानुनी प्रक्रिया बाँकी छ ।’
उनले अमृतको रिहाइको लागि सम्बन्धित निकाय र परिवारसँग सम्पर्कमा रहिरहेको बताए । त्यस्तै रिहाइको प्रयास जारी राखेको पनि जानकारी गराए ।


