CLI

विकास बैंकहरुको खुद नाफा बढ्यो, गरिमा, मुक्तिनाथ र शाइन रेसुंगाले कमाए सर्वाधिक नाफा

काठमाडौं । विकास बैंकहरु नाफा कमाउन सफल भएका छन् । विकास बैंकहरुले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा करिब ६ अर्ब खुद मुनाफा कमाएका छन् । विकास बैंकहरुको गत आवको सोही अवधिमा खुद मुनाफा करिब ४ अर्ब रहेको थियो ।

विकास बैंकहरुले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुरुप सबैभन्दा बढी मुनाफा कमाउनेमा गरिमा, मुक्तिनाथ र शाइन रेसुंगा रहेको छ ।
चालु आवको तेस्रो त्रैमाससम्म गरिमाले १ अर्ब ४ करोड ८२ लाख १ हजार खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा गरिमा खुद नाफा ७३ करोड ३४ लाख ९१ हजार रहेको थियो ।
चालु आवको तेस्रो त्रैमासमा मुक्तिनाथले ९४ करोड २६ लाख १ हजार , शाइन रेसुंगाले ७८ करोड ८४ लाख चार हजार र ज्योतिले ६२ करोड ९४ लाख ६२ हजार खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा ती बैंकहरुले क्रमशः ७२ करोड ४९ लाख ५२ हजार, ५१ करोड ४० लाख १४ हजार र ६२ करोड ९४ लाख ६२ हजार नाफा कमाएको थियो ।

चालु आवको तेस्रो त्रैमाससम्म कामना सेवा विकास बैंकले ५८ करोड ८६ लाख ९८ हजार, लुम्बिनीले ५६ करोड १६ लाख ८३ हजार,सांग्रिलाले ४८ करोड ४५ लाख ३१ हजार र महालक्ष्मी विकास बैंकले ४५ करोड ९९ लाख ६४ हजार नाफा कमाएका छन् । गत आवको सोही अवधिमा यी बैंकहरूले क्रमशः ४९ करोड ३१ लाख ८४ हजार, ४ करोड ९७ लाख ८३ हजार, ४३ करोड ४२ लाख १८ हजार र ४३ करोड ६५ लाख ५९ हजार खुद नाफा कमाएका थिए ।

त्यस्तै चालु आवको तेस्रो त्रैमाससम्म एक्सेलले १५ करोड १७ लाख १७ हजार, मितेरी ९ करोड ६२ लाख १८ हजार र सप्तकोशीले ५ करोड ९० लाख १४ हजार खुद नाफा कमाएका छन् । गत आवको सोही अवधिमा ती बैंकहरुले क्रमशः ६३ लाख ८३ हजार र २ करोड ७७ लाख ९७ हजार खुद नोक्सानी व्योहोरेका थिए तर मितेरीले भने ९ करोड २४ लाख ५६ हजार खुद नाफा मुनाफा कमाएको थियो ।

चालू आवको तेस्रो त्रैमाससम्म कर्पोेरेटले ४ करोड ८२ लाख ६३ हजार, ग्रिन डेभलपमेन्टले ३ करोड ५२ लाख ४० हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा ती बैंकहरूले क्रमशः १ करोड ७७ लाख ८१ हजार र २ करोड १२ लाख ८४ हजार खुद नाफा कमाएका थिए ।

चालू आवको तेस्रो त्रैमाससम्म नारायणीले ४ करोड ९७ लाख ८१ हजार, सिन्धुले ३ करोड ३० लाख ७३ र सालपा विकास बैंकले ३१ लाख ८९ हजार खुद नोक्सानी व्यहोरेका छन् । गत आवको सोही अवधिमा नारायणीले १ करोड २६ लाख ७४ हजार र सालपाले ३५ लाख ८४ हजार खुद नोक्सानी बेहोरेको थियो । तर सिन्धुले भने ७ करोड ८४ लाख ५१ हजार खुद नाफा कमाएको थियो ।

क्षेत्रीयस्तरको कर्णाली विकास बैंक समस्याग्रस्त घोषणा हुनुको साथै समिक्षा अवधिमा अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छैन । १६ वटा विकास बैंकहरु मध्ये समिक्षा अवधिमा सम्पूर्ण विकास बैंकहरुले नाफा कमाउन सकेको देखिदैन । यद्पि समग्रमा भने विकास बैंकहरुको नाफा बढेको छ ।

 

Leave Your Comment

Related News