CLI

द्धन्द्धग्रस्त र उच्च जोखिममा रहेका नेपाली श्रमिकहरूको ’डिजिटल प्रोफाइल’ तयार गरिने

काठमाडौं । परराष्ट्र मन्त्रालयले द्धन्द्धग्रस्त र उच्च जोखिममा रहेका नेपाली श्रमिकहरूको ’डिजिटल प्रोफाइल’ तयार गर्ने बताएको छ ।
मन्त्रालयले श्रमिक सुरक्षा र आपतकालीन व्यवस्थापन शीर्षकमा उक्त काम गर्ने बताएको हो ।

द्वन्द्वग्रस्त वा उच्च जोखिमयुक्त क्षेत्रमा रहेका नेपाली श्रमिकहरूको ’डिजिटल प्रोफाइल’ र स्थानगत तथ्याङ्क तत्काल अद्यावधिक गर्ने तयारी गरिएको मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल क्षेत्रीले बताए । वैदेशिक रोजगारीमा रहेका अन्य विविध कारणले विदेशमा रहेका नेपालीहरुलाई सहजीकरण गर्ने उद्देश्यले स्थानगत तथ्याङ्क लिने तथा अद्यावधिक लगायतका काम गर्न लागिएको उनले बताए ।

मन्त्रालयले विदेशमा रहेका नेपालीहरुको जोखिमको स्तर विश्लेषण गरी प्रभावित क्षेत्रबाट नेपालीहरूको सुरक्षित स्थानान्तरण’ र आवश्यकता अनुसार स्वदेश फिर्ताका लागि तयारी अवस्थामा रहन सम्वद्ध निकायलाई निर्देशन समेत दिएको छ । विदेश स्थित नेपाली नियोग तथा दुतवास लगायतका संस्थाहरु वा मन्त्रालयमा २४ घण्टा सञ्चालन हुने गरी ’आपतकालीन हटलाइन र समर्पित हेल्पडेस्क स्थापना गरी तत्काल सेवा प्रवाह गर्ने अवस्थामा बस्न समेत भनिएको छ । साथै गन्तव्य देशका सरकारहरूसँग उच्चस्तरीय कूटनीतिक पहल गरी श्रमिकहरूको ’भौतिक सुरक्षा र पारिश्रमिकको सुनिश्चितता’ का लागि आग्रह गर्ने समेत निर्देशन दिएको छ ।

विशेष गरी नेपाली श्रमिकहरु व्यक्तिगत र संस्थागत श्रम स्वीकृति लिएर सय भन्दा बढी मुलुकमा पुगेका छन् । पश्चिम एसियाद्धन्द्धका कारण नेपाली श्रमिकहरु प्रभावित भएको अवस्थमा मन्त्रालयले उक्त व्यवस्थापन गरेको हो , जसले विदेशमा रहेका नेपाली श्रमिकहरुलाई सहजीकरण गर्ने सुनिश्चिता प्रदान गर्ने मन्त्रालयका अधिकारीहरु बताउछन् ।

Leave Your Comment

Related News