CLI

३२ वटा लघुवित्तले कमाए ५ अर्ब ३७ करोड नाफा, अधिकांशको मुनाफा बढ्यो

काठमाडौं । सञ्चालनमा रहेका ३२ वटा लघुवित्त कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । यी संस्थाहरुले ९ महिनामा समग्रमा ५ अर्ब ३७ करोड रुपैयाँ भन्दा धेरै नाफा कमाएका छन् । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ३०.७७ प्रतिशत धेरै हो । गत वर्ष यी संस्थाहरुले ४ अर्ब ११ करोड नाफा कमाएका थिए ।

खुद ब्याज आम्दानीमा वृद्धि, इम्पेयरमेन्ट चार्जमा आएको कमीका कारण पनि नाफामा केही सुधार देखिएको छ । विश्लेषकहरु कर्जा विस्तार, ब्याज आम्दानीमा सुधार र पुनरुत्थान भएको आर्थिक गतिविधिले गर्दा पनि नाफाका केही सुधार देखिएको बताउँछन्  । यद्यपि केही ठूला संस्थामा देखिएको नाफा गिरावटले जोखिम व्यवस्थापनमा चुनौती रहेको संकेत गर्छ ।

सार्वजनिक भएको रिपोर्ट अनुसार सबैभन्दा धेरै नाफा कमाउनेमा छिमेक लघुवित्त रहेको छ । यसले ९ महिनामा ९० करोड  ६४ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको चैतमा कम्पनीले ८५ करोड ३५ लाख नाफा आर्जन गरेको थियो ।

डिप्रोक्सले ६८ करोड १ लाख, जीवन विकासले ६२ करोड ६९ लाख, साना किसानले ४८ करोड ३२ लाख, ग्रामीण विकासले ३० करोड १५ लाख नाफा कमाएको छ । सबैभन्दा कम मानुषी लघुवित्तले १ करोड ३१ लाख नाफा कमाउन सफल भएको छ ।

यता, केही संस्थाहरुले नाफा गत वर्षको तुलनामा घटेको छ । निर्धन उत्थान लघुवित्तको नाफा ६७.७४ प्रतिशतले घटेको छ भने कालिका लघुवित्त वित्तीय संस्थामा ७८.३६ प्रतिशतको ठूलो गिरावट देखिएको छ । यस्तै केही अन्य संस्थाहरुमा पनि नाफा दबाबमा परेको देखिन्छ ।

तथ्यांक अनुसार, ग्लोबल आइएमई लघुवित्तले २१ करोड ९५ लाख रुपैया नाफा कमाएको छ । स्वरोजगारले २१ करोड २ लाख, सूर्योदय वोमीले १८ करोड ९३ लाख, आशाले १७ करोड ६२ लाख, निर्धनले १५ करोड ५० लाख, मेरो माइक्रो फाइनान्सले १४ करोड ८५ लाख नाफा आर्जन गरेको छ ।

यता, ९ महिनामा महुलीले १२ करोड २८ लाख, फर्स्ट माइक्रोफाइनान्सले ११ करोड ३७ लाख, एनआइसी एसियाले १० करोड ६९ लाख, आभियानले ९ करोड ८४ लाख, एनएमबि लघुवित्तले ८ करोड ७० लाख, समता घरेलुले ८ करोड २३ लाख, हिमालयनले ८ करोड १० लाख, इन्फिनिटीले ७ करोड ५७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

आरएसडीसी लघुवित्तले ६ करोड ५६ लाख, गणपतिले ६ करोड १० लाख, सामुदायिक लघुवित्तले ५ करोड ८८ लाख, सीवाइसी नेपाल ५ करोड ३४ लाख, आत्मनिर्भर लघुवित्तले ४ करोड ८४ लाख, सपोर्टले ४ करोड ६७ लाख, उन्नतिले ४ करोड ४३ लाख, गुराँसले ४ करोड ३ लाख, उपकारले ३ करोड ६ लाख, धौकागिरीले १ करोड ८२ लाख, कालिका लघुवित्तले १ करोड ४७ लाख, युनिक नेपालले १ करोड ३५ लाख, र मानुषि लघुवित्तले १ करोड ३१ लाख नाफा कमाएको छ ।

Leave Your Comment

Related News