CLI

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा टर्किस एयरलाइन्सको एक जहाजमा आगो लागेको छ । दमकलको प्रयोग गरेर आगो निभाइएको छ ।

यो घटना आज बिहान पौने सात बजेतिरको हो । स्तानबुलबाट आएको सो जहाज ल्याण्ड गर्ने क्रममा पाङ्ग्रामा आगो देखिएको थियो । लगत्तै दमकल प्रयोग गरी आगो निभाइएको विमानस्थल सुरक्षा स्रोतले जानकारी दिएकाे छ ।

यात्रुहरु सकुशल रहेको बताइएको छ । आगो लाग्नुको कारणबारे र अन्य प्राविधिक अवस्थाबारे जाँच भइरहेको जनाइएको छ ।

Leave Your Comment

Related News