CLI

ओरिएण्टल इन्स्योरेन्सले कमायो साढे ३० करोड नाफा

काठमाडौं ।  ओरिएण्टल इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफा धनात्मक बनेको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा धनात्मक बनेको हो ।

गत आर्थिक वर्षको सोही अवधिमा भने कम्पनीको नाफा ऋणात्मक रहेको थियो । गत आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अवधिमा कम्पनीको नाफा १३ करोड ८३ लाख रुपैयाँ ऋणात्मक रहेको थियो । चालु आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा ३० करोड ६६ लाख ९५ हजार रुपैयाँ घनात्मक देखिएको हो ।

९ महिनाको अवधिमा कम्पनीको बीमा ब्यवसाय समेत बढेर १ अर्ब ६ करोड ५९ लाख रुपैयाँ पुगेको छ । उक्त ब्यवसाय गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २८.१३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको ९ महिनाको अवधिमा कम्पनीको ब्यवसाय ८३ करोड १९ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै कुल बीमाशुल्क आर्जन पनि बढेर १ अर्ब ८० करोड ७९ लाख रुपैयाँ पुगेको छ । गत आवको यही अवधिमा कम्पनीले १ अर्ब ६२ करोड ८३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । कम्पनीको कुल आम्दानी सामान्य बढेर १ अर्ब २८ करोड ६८ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म यस्तो आम्दानी १ अर्ब १३ करोड २८ लाख रुपैयाँ थियो। कम्पनीको कुल खर्च ९० करोड ४३ लाख रुपैयाँ पुगेको छ जुन गत वर्ष १ अर्ब २० करोड ३७ लाख रुपैयाँ थियो । कम्पनीको महाविपत्ति कोषमा ७ करोड ६७ लाख र जगेडा कोषमा १२ लाख १५ हजार रुपैयाँ सञ्चिति रहेको छ ।

Leave Your Comment

Related News